नेभिगेशन
फोटो स्टोरी

लिम्बू सांस्कृतिक संग्रहालय

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१ मा निर्माणाधीन झिंगटीको छानो लगाइएको छधुरे परम्परागत शैलीको पोक्लाबाङ सांस्कृतिक संग्रहालय भवन । संग्रहालय पोक्लाबाङ बजारदेखि दुई किलोमिटर उत्तरमा रहेको संग्रहालय पोक्लाबाङ यक मांगेन्ना लुङ्धुङ थामरुङको अगुवाइमा निर्माण भइरहेको छ । यहाँ लिम्बू संस्कृतिका पुराना सांस्कृतिक सामग्री, ऐतिहासिक कागजात, तत्कालीन गोर्खा–लिम्बूवान युद्धकालीन हातहतियार राखिनेछ । स्थानीय दुई जनाले दान दिएको दुई रोपनी क्षेत्रफलमा निर्माणाधीन संग्रहालयका लागि सहरी विकास मन्त्रालयको दुई करोड ७३ लाख उपलब्ध गराएको हो । २०८१ साल असारदेखि सुरु भएको निर्माणको काम चालु आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । तस्बिरः रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
सेतो मच्छिन्द्रनाथ

सेतो मच्छिन्द्रनाथ

सपथको उत्साह

सपथको उत्साह