नेभिगेशन
राजनीति

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध चयन, कांग्रेसको कहिले ?

काठमाडौं । नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध चयन भएका छन् । सुहाङ नेम्वाङले आफ्नो उम्मेदवारीबाट पछि हटेपछि थापा सर्वसम्मत दलको नेतामा चयन भएका हुन् ।

यसअघि उनीहरूबीच प्रतिस्पर्धा हुने तयारी भएको थियो । तर, सुहाङले प्रस्तावक र समर्थक नपाएपछि चुनावी प्रतिस्पर्धाबाट पछि हटेका छन् ।

यसअघि नै रास्वपाबाट संसदीय दलको नेता चयन भएर बालेन शाह प्रधानमन्त्री भइसकेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन भइसकेका छन् ।

तर, नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्