नेभिगेशन
राजनीति

‘कार्यवाहक सभापति’ भन्दै विज्ञप्ति निकालेपछि खड्कालाई कांग्रेसले गरायो सचेत

काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन आयोगले पार्टीका नेता पूर्णबहादुर खड्कालाई सचेत गराएको छ।

बुधबार बसेको अनुशासन समितिको बैठकले खड्काले आफूलाई ‘कार्यवाहक सभापति’ भन्दै जारी गरेको विज्ञप्तिलाई लिएर यस्तो निर्णय गरेको हो।

गत शनिबार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीको विरोधमा खड्काले उक्त विज्ञप्ति निकालेका थिए।

अनुशासन समितिका संयोजक तारामान गुरुङका अनुसार खड्काले आफूलाई नभएको जिम्मेवारी उल्लेख गर्दै नेपाली कांग्रेसको लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरेको निष्कर्ष निकालिएको छ।

गुरुङले यस्तो कार्य गलत भएकाले सचेत गराइएको बताउँदै अब उपरान्त यस्ता गतिविधि दोहोरिए कडा कारबाही गरिने चेतावनी समेत दिएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्