नेभिगेशन
फोटो स्टोरी

तेमाल जात्रा

चैत्र पूर्णिमाको अवसरमा काठमाडौंको बौद्ध क्षेत्रमा तामाङ समुदायले तेमाल जात्रा श्रद्धापूर्वक मनाएका छन् । यो जात्रा बौद्ध, स्वयम्भू र नमोबुद्ध क्षेत्रमा मनाइन्छ । काभ्रेको तेमाल क्षेत्रबाट सुरु भएको मानिने यो जात्रामा दिवंगत आफन्तको आत्माको शान्तिको कामना गर्दै बत्ती बाल्ने, पूजापाठ गर्ने प्रचलन रहिआएको छ । तामाङ संस्कारअनुसार परिवारमा मृत्यु भएका व्यक्तिको अस्तु घरमा सुरक्षित राखी बत्ती बालेर पूजा गर्ने चलन छ । सोही परम्पराअनुसार चैत्र पूर्णिमाको दिन बौद्धमा पूजापाठ गरी श्रद्धालुहरू बालाजु बाइसधारामा स्नान गर्न जाने र त्यसपछि स्वयम्भू पुगेर बत्ती बालेर अस्तु सेलाउने प्रचलन रहेको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
गहना खोज्ने जात्रा

गहना खोज्ने जात्रा

रोखिएका सवारीसाधन

रोखिएका सवारीसाधन