नेभिगेशन
राजनीति

प्रधानमन्त्रीको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त भएकी छन् । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम पत्रकार दाहाललाई शुक्रबार नियुक्त गरिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा आबद्ध दाहालले प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्