नेभिगेशन
साहित्य

‘इनरुवाको नालीबेली’ विमोचित

इनरुवा । इनरुवाको इतिहास समेटिएको ‘इनरुवाको नालीबेली’ पुस्तक विमोचन गरिएको छ । 
इनरुवा–२ स्थित सत्यनारायण मन्दिरमा यहाँ आयोजित एक कार्यक्रममा नगरप्रमुख केदार भण्डारीसहितको सहभागितामा पुस्तकको विमोचन गरिएको पुस्तकका सहयोगी लेखक प्रज्वल काफ्लेले जानकारी दिए । लेखक देवीप्रसाद  खतिवडाद्वारा लिखित उक्त पुस्तकमा इनरुवाको राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, शिक्षा तथा स्वास्थ्यलगायत विभिन्न क्षेत्रको इतिहास समेटिएको छ । 
इनरुवाका ९२ वर्षीय लेखक खतिवडाले लामो समयको अध्ययन र अनुसन्धानपछि पुस्तक तयार परिएको बताए । उनले जेनजी युवा प्रज्ज्वल काफ्लेले पुस्तक लेखन तथा सामग्री सङ्कलनको कार्यमा सहयोग पु–याएको भन्दै धन्यवाद ज्ञापन गरे ।
इनरुवाको इतिहास, विकासक्रम तथा विभिन्न सामाजिक गतिविधिका साथै यहाँको झोडा फडानीदेखि हालसम्मको अवस्था पुस्तकमा समावेश गरिएको लेखक खतिवडाले बताए ।
इनरुवा नगरपालिकाको सहयोगमा पुस्तक प्रकाशन गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्