नेभिगेशन
साहित्य

‘षट्श्राद्ध संग्रह’ पुस्तक सार्वजनिक

श्राद्ध पद्धतिको सबैभन्दा सजिलो र शास्त्रीय पुस्तकका रुपमा ‘षट्श्राद्ध संग्रह’ सार्वजनिक गरिएको छ । 
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, पुस्तकका सम्पादक सहप्राध्यापक श्रीराम सापकोटा, पुस्तकका सङ्कलक लक्ष्मण सापकोटा, स्वमकी केशव प्रपन्नाचार्य, वाल्मीकि विद्यापीठ फलित ज्योतिष विषयका सहप्राध्यापक उपेन्द्रप्रसाद भट्टराई, प्रा डा प्रद्युम्नविक्रम राणागायतले पुस्तक सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा समितिका पूर्वअध्यक्ष अधिकारीले शास्त्रीय विधिअनुसार वचन मिलेको पुस्तकका रुपमा ‘षट्श्राद्ध सङ्ग्रह’ सार्वजनिक हुनु खुसीको विषय रहेको बताए । 
पुस्तकमा केही त्रुटि पनि भेटिएकाले अर्को संस्करणमा सच्याउन उनले सुझावसमेत दिएका थिए । कार्यक्रममा पुस्तकका सम्पादक सापकोटाले ९६ प्रकारका श्राद्धमध्ये अहिले कतिपय लोप भइसकेको सुनाए । शास्त्रमा भएका श्राद्धसम्बन्धी विषयलाई पुस्तकमा समेटिएको जानकारी पनि उनले गराएका थिए । पुस्तकमा देखिएका अशुद्धिलाई आगामी दिनमा कमी गर्दै लैजाने प्रतिबद्धता पनि सम्पादक सापकोटाको थियो ।
स्वामी केशव प्रपन्नाचार्यले डर, कर र अरूले के भन्छन् भनी नभई श्रद्धाले युक्त भएर श्राद्ध गरिनुपर्ने बताए । सहप्राध्यापक भट्टराईले मुण्डनादि श्राद्धका नियम कति लागू भए भनी खोजीको विषय हुनुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य