नेभिगेशन
राजनीति

राष्ट्रियसभाका उपाध्यक्ष भण्डारी निर्विरोध

काठमाडौं । राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारी सुदूरपश्चिम प्रदेशबाट उक्त पदमा पुग्ने पहिलो महिला हुन् । एमालेबाट  राष्ट्रियसभा सदस्य भण्डारी सभाको सोमबारको बैठकमा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । 
उक्त पदमा एक मात्र उम्मेदवारी परेकाले उनलाई सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्विरोध भएको घोषणा गरेका हुन् । भण्डारी गत माघ ११ मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । भण्डारीको राजनीतिक यात्रा २०४७ सालदेखि सुरु भएको हो ।
उनी तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा ६ महिना शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी थिइन । तत्कालीन नेकपा माओवादीबाट एमालेमा प्रवेश गरेकी उनी एमालेको १०औं र ११औं महाधिवेशनबाट निर्वाचित हुँदै पोलिटब्यूरो सदस्य र कैलाली जिल्ला संयोजकको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्