नेभिगेशन
मनोरञ्जन

नायिकामाथिको यौन दुव्र्यवहारको आरोप अदालतद्वारा अस्वीकार

अमेरिकाको संघीय अदालतका एक न्यायाधीशले अभिनेत्री ब्लेक लाइभ्लीले फिल्म ‘इट एन्ड्स विथ अस’का निर्देशक जस्टिन बाल्डोनीविरुद्ध दायर गरेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाका अधिकांश दाबी खारेज गरेका छन् । यो उच्च महŒवको मुद्दा सुरु हुन करिब एक महिना बाँकी रहँदा भएको निर्णय हो । न्यायाधीशले लाइभ्लीको मुद्दाका १३ मध्ये १० वटा आरोप खारेज गर्दै अब तीनवटा दाबी मात्र बाँकी राखेका छन् । ती तीन वटा जसमा बाल्डोनी व्यक्तिगत रूपमा प्रतिवादी छैनन् । 
अभिनेत्री लाइभ्लीले आफ्नो नागरिक उजुरीमा फिल्म निर्माणका क्रममा बाल्डोनीले आफूलाई यौन दुव्र्यवहार गरेको र त्यसविरुद्ध आवाज उठाएपछि बदनाम गर्ने अभियान चलाएको आरोप लगाएकी थिइन् । बाल्डोनीले भने ती आरोप अस्वीकार गरेका छन् ।
जिल्ला न्यायाधीश लुईस लिमानले गत बिहीबार जारी आदेशमा यौन दुव्र्यवहार र मानहानिसहितका अधिकांश आरोप कानूनी आधारमा खारेज गरेका हुन् । केही आरोपहरू प्राविधिक कारणले खारेज गरिएको थियो, जसमा लाइभ्लीलाई कर्मचारीका रूपमा नभई स्वतन्त्र व्यक्तिका रूपमा हेरिएको विषय प्रमुख रहेको थियो । 
अब मुद्दामा बदला, बदला लिन सहयोग गरेको र सम्झौता उल्लंघनसम्बन्धी तीन वटा दाबी मात्र बाँकी रहेका छन् । ती बाँकी मुद्दामा बाल्डोनी व्यक्तिगतरूपमा संलग्न छैनन् तर उनको कम्पनी वेफेयरर स्टुडियोजसहित अन्य संस्थाहरू प्रतिवादी रहने बताइएको छ ।
वेफेयररका प्रतिनिधिहरूले अदालतले यौन दुव्र्यवहारसम्बन्धी सबै आरोप खारेज गरेकोमा सन्तुष्टि व्यक्त गर्दै अब बाँकी दाबीमा आफ्नो पक्ष प्रस्तुत गर्ने बताएका छन् ।
यो मुद्दाको सुनुवाइका लागि जूरी छनोट प्रक्रिया मे १८ बाट सुरु हुने तय भएको छ । लाइभ्लीका वकिल सिग्रिड म्याककाउलीले भने यो मुद्दा बदला स्वरूप चलाइएको डिजिटल अभियान र त्यसले उनको प्रतिष्ठामा पु¥याएको क्षतिमाथि केन्द्रित रहने बताएका छन् ।
यो विवाद सन् २०२४ मा रिलिज भएको “इट एन्ड्स विथ अस” फिल्मको छायांकनका क्रममा भएको भनिएको घटनाबाट सुरु भएको हो । उक्त फिल्म घरेलु हिंसाको कथामा आधारित छ, जसमा लाइभ्ली र बाल्डोनी मुख्य भूमिकामा देखिएका थिए । 
लाइभ्लीले उजुरीमा बाल्डोनीले सेटमा महिलामाथि यौन टिप्पणी गर्ने, व्यक्तिगत यौन जीवनबारे चर्चा गर्ने तथा सहमति बिना चुम्बनका दृश्यहरू थप्ने गरेको आरोप लगाएकी थिइन् । बाल्डोनीले भने ती व्यवहार सामान्य बुझाई र असहज टिप्पणी मात्र भएको दाबी गरेका छन् ।
त्यस्तै, फिल्म रिलिजपछि आफ्नो छवि बिगार्न बाल्डोनीको टोलीले डिजिटल माध्यममार्फत योजनाबद्ध अभियान चलाएको पनि लाइभ्लीको आरोप छ । बाल्डोनी पक्षले भने त्यो कानूनी र सामान्य प्रचार गतिविधि मात्र भएको दाबी गरेको छ ।
यसैबीच, बाल्डोनीले लाइभ्ली र उनका पति रयान रेनोल्ड्सविरुद्ध ४० करोड डलरको मानहानि मुद्दा दायर गरेका थिए, जुन पनि पछि अदालतले खारेज गरिसकेको छ । 
हलिउडका यी चर्चित कलाकारबीचको कानूनी विवाद सार्वजनिकरूपमा व्यापक चर्चा र बहसको विषय बनेको छ ।
यौन दुव्र्यवहार मामिलामा निर्देशक पक्राउ
निर्देशक, निर्माता र पटकथा लेखकका रूपमा रञ्जित बालकृष्णन (रञ्जितका नामले चिनिने) केरलामा एक परिचित नाम हुन् । उनी आफ्ना निडर राजनीतिक टिप्पणीका साथै फिल्महरूका कारण पनि चर्चित छन् । फिल्ममा उनका पात्रहरू प्रायः पुरुषवादी घमण्ड बोकेका र महिलाप्रति अनुदार स्वभावका देखिन्छन् । रञ्जित अहिले आफ्ना फिल्मका पात्रहरूले गर्ने जस्तै व्यवहार (महिलाको अपमान गर्ने र सहमति बिना यौन दुव्र्यवहार गर्ने) वास्तविक जीवनमा पनि गरेको आरोपमा समस्यामा परेका छन् ।
कोचीको एउटा सुटिङ सेटमा मेकअप र आराम गर्ने भ्यानभित्र यौन उत्पीडन गरेको भन्दै एक अभिनेत्रीले दिएको उजुरीका आधारमा उनलाई न्यायिक हिरासतमा राखी एर्नाकुलम सब–जेल पठाइएको छ । ‘रावणप्रभु’, ‘नन्दनम’, ‘पालेरी माणिक्यम’ र ‘प्रन्चियेट्टन एन्ड द सेन्ट’ जस्ता नाम चलेका फिल्मसँग जोडिएका रञ्जितमाथि सहकर्मी कलाकारले यौन दुव्र्यवहारको आरोप लगाएको यो पहिलो पटक भने होइन । सन् २०२४ मा अभिनेत्री श्रीलेखा मित्रले सन् २००९ को एक फिल्मको अडिसनका क्रममा एर्नाकुलमको फ्ल्याटमा रञ्जितले आफूलाई दुव्र्यवहार गर्न खोजेको आरोप लगाएकी थिइन् । थुप्रै राष्ट्रिय र राज्य पुरस्कार जितेका ६१ वर्षीय रञ्जित केरला राज्य चलचित्र एकेडेमीका पूर्व अध्यक्ष समेत हुन् ।
पछिल्लो एक दशकमा, विशेष गरी सन् २०१७ मा गुडिरहेको गाडीभित्र एक अभिनेत्रीमाथि भएको आक्रमण र त्यसपछि सुरु भएको मीटू अभियान यता केरलाका धेरै चर्चित फिल्मकर्मीहरूले यस्तै आरोप खेप्नुपरेको छ । यसक्रममा कम्तीमा एक जनाले जेल सजाय समेत भोगेका छन्, जसले गर्दा पहिला उनीहरूले पाउने उन्मुक्तिको अवस्था अहिले बदलिएको छ ।

बलेमाथि अभद्र कसुर
फेसबुकमा आफूमाथि बलात्कार भएको आरोप लगाएकी अभिनेत्री संगम विष्टका आरोपी सागर लम्साल ‘बले’ चैत २० गते पक्राउ परेका थिए । उनलाई पाँच दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गर्न नहुने कसुरमा पक्राउ गरेको र घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता पवनकुमार भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा फेसबुक तथा विभिन्न व्यक्ति र समाचार एजेन्सीका नाममा सञ्चालित अकाउन्टबाट विभिन्न प्रकारका अभिव्यक्ति, धारणा र सूचना सम्प्रेषित भएकोप्रति ध्यानाकृष्ट भएको भन्दै अभद्र व्यवहार गर्न नहुने कसूरमा अनुसन्धान भइरहेको विषयमा भ्रामक तथा अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न÷नगराउन सबैमा अनुरोध गरिएको छ ।
यसअघि उनीमाथि बलात्कार अभियोगमा पक्राउ परेकोजस्ता सूचनाहरू सम्प्रेषित भएपछि प्रहरीले विज्ञप्ति नै जारी गर्दै अभद्र व्यवहार भएको प्रस्ट्याएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन