नेभिगेशन
स्वास्थ्य

ठमेलका रेष्टुराँमा खाद्य सुरक्षाको लापर्वाही 

काठमाडौं (संवाददाता)— पर्यटक र स्थानीय दुवैका लागि लोकप्रिय काठमाडौंको ठमेल क्षेत्रमा सञ्चालन भइरहेका केही रेस्टुरेन्टमा गम्भीर खाद्य सुरक्षा र सरसफाइको कमी भेटिएको छ । काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले सोमबार गरेको अनुगमनमा रेस्टुरेन्ट र फास्टफुड पसलमा लापर्बाही भएको भेटेको हो ।

विभागका कर्मचारी अनिल बस्नेत नेतृत्वको छ सदस्यीय टोलीले विभिन्न रेस्टुरेन्ट र फास्टफुड पसल निरीक्षण गरेको थियो । त्यस क्रममा केही रेस्टुरेन्टमा सरसफाइ, लेबलिङ र सुरक्षा व्यवस्थामा कमजोरी देखिएको महानगरले जनाएको छ ।

विशेषगरी तयारी खाद्य वस्तुमा कुनै ट्याग नभएको भेटिएको थियो । महानगरबाट तालिम लिएर काम गर्दै आएकी कर्मचारीले सामान चेक नगरी स्यान्को कट्टि रोल राखेकी थिइन् । निरीक्षण क्रममा म्याद गुज्रिसकेको जुस, तरकारी, मासु र फोहोर एउटै ठाउँमा राखिएको भेटिएको थियो ।

महानगरको टोलीले हस्तक्षेप गरेपछि फोहोर अलग गरिएको थियो । फायर एक्सटिंगुइसर खाने ठाउँकै छेउमा राखिएको थियो । भाँडामा ‘खाँसी’ उपकरण प्रयोग गरेर सफाइ गरिएको पाइयो, जबकि भाँडाको लागि छुट्टै सफा गर्ने उपकरण हुनु पर्ने थियो । खाना राख्ने ठाउँमा साङ्लासमेत भेटिएको थियो ।

ठमेलकै डोनाल्ड फास्टफुड तन्दुरी रेस्टुरेन्टमा प्याकेटिङ मात्र गरिएको ब्रेड भेटिएको तर कुनै जानकारी उल्लेख गरिएको थिएन । सो रेस्टुरेन्टमा सफाइको अवस्था पनि नाजुक थियो । सो रेस्टुरेन्टलाई यसअघि चेतावनी दिइए पनि सुधार नगरेको महानगरको टोलीले जनाएको छ ।

यस्तै एभोकाडो क्याफेमा पनि म्याद गुज्रिएको पेय पदार्थ बिक्रीमा राखिएको पाइएको छ । अनुगमन टोलीले विभिन्न स्थानबाट घ्यू, तेल, सस र बेकरीका सामानको नमुना संकलन गरेको छ । ती मध्ये अधिकांशमा लेबल थिएन ।

महानगरले यसअघि चेतावनी दिएको भए पनि सुधार नदेखिएकाले सम्बन्धित सञ्चालकलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न बोलाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्