नेभिगेशन
राजनीति

सभामुख अर्यालको प्रमुख स्वकीय सचिवमा मुना र स्वकीय सचिवमा नवराज नियुक्त

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको सचिवालयमा मुना कुँवर र नवराज पाण्डेलाई नियुक्त गरिएको छ । सभामुख अर्यालले सोमबार आफ्नो प्रमुख स्वकीय सचिवमा कुँवर र स्वकीय सचिवमा पाण्डेलाई नियुक्त गरेका हुन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकबाट अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएलगत्तै उनले आफ्नो सचिवालय गठन गरेका हुन् । 

प्रमुख स्वकीयमा नियुक्त कुँवर नेपाल सरकारको सहसचिव र स्वकीय सचिवमा नियुक्त पाण्डेले नेपाल सरकारको उपसचिव सरहको सेवा, सुविधा प्राप्त गर्नेछन् ।

अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भएका बेला कुँवर प्रेस स‌ंयोजकको जिम्मेवारीमा थिइन् । उनी पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा क्रियाशील थिइन् ।   

कुँवरले आमसंचार र पत्रकारितामा एमफिल गरेकी छन् भने विकास पत्रकारितामा एमए र कानुनमा स्नातकसम्मको अध्ययन गरेकी छन् । 

त्यस्तै, स्वकीय सचिवमा नियुक्त पाण्डेसँग पनि विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्