नेभिगेशन
राजनीति

राष्ट्रियसभाका चार समिति सभापति निर्विरोध

काठमाडौं । राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् । सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा मंगलबार बसेका समिति बैठकमा दलहरूबीचको सहमतिका आधारमा एक÷एक उम्मेदवारको प्रस्ताव परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । 
निर्विरोध निर्वाचित हुनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया रहेको राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले जानकारी दिए । 
चौधरीको प्रस्तावकमा मदनकुमारी शाह, समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला, राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा, समर्थकमा दुर्गाकुमारी गुरुङ छन् । यस्तै, पौडेलको प्रस्तावकमा नारायणदत्त भट्ट, समर्थकमा जगत तिमिल्सिना  र रोकायाको प्रस्तावकमा आनन्दप्रसाद ढुंगााना र समर्थकमा गीता देवकोटा छन् । 
सभापतिका लागि प्रस्तावकले सहमतिको राजनीति, विधिको शासन र लोकतान्त्रिक अभ्यासका लागि सहमतिका आधारमा उम्मेदवारी दिइएको बताइएको छ । गत फागुन २० देखि ती समितिका सभापतिको पद रिक्त थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्