नेभिगेशन
राजनीति

उपसभामुखमा श्रमसंस्कृतिकी रुबी ठाकुर निर्वाचित

ठाकुरले २१५ मत पाउँदा राप्रपाकी लामालाई ५ मत मात्रै

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राप्रपाकी सरस्वती लामा अस्वीकृत भएकी छिन् । उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।

आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन् । आज उपस्थित भएका २५७ मध्ये रुबीकुमारीले २१५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन् । रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो । एमालेले कसैलाई मतदान गरेन। एमालेका २५ सांसद छन् तर तटस्थमा ३७ मत खस्यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्