नेभिगेशन
राजनीति

दुई मन्त्रीले लिए सथप

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीद्वय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवले सपथ ग्रहण गरेका हुन् ।
समारोहमा उपराष्ट्रपति रामहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी तथा अन्य लब्धप्रतिष्ठित महानुभावहरूको उपस्थिति थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका हुन् । नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । यादव प्रधानमन्त्री शाहकै गृहनगर महोत्तरीकी हुन् । 
विहीबार दीपक साहलाई पदबाट हटाइएपछि श्रम मन्त्रालय रिक्त थियो भने उद्योग मन्त्रालय सरकार गठनकै दिनबाट प्रधानमन्त्री मातहत राखिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्