नेभिगेशन
राजनीति

महाधिवेशनको मागसहित राप्रपामा नेतृत्वको विषयमा विवाद चर्किँदै

काठमाडौ‌ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र नेतृत्वको विषयलाई लिएर विवाद तीव्र बन्दै गएको छ । प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको समुचित समीक्षा हुन नसकेको भन्दै पार्टीका महामन्त्रीसहित ११ जना नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनीहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ले नेतृत्वको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याउँदै एक साताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न आग्रह गरेका छन् । 
उक्त समूहले तीन बुँदे माग सार्वजनिक गर्दै सन्तुलित र विश्वसनीय वातावरणमा महाधिवेशन सम्पन्न गर्न निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने बताएका छन् । त्यस्तै, नेतृत्व चयन प्रक्रियालाई समयमै अगाडि बढाउन एक हप्ताभित्र महाधिवेशनको मिति तोक्नुपर्नेमा जोड दिएका छन्।

यसका साथै, एकता महाधिवेशनपछिका गतिविधिहरूमा पार्टीको विधान र अनुशासन विपरीत भएका कामकारबाहीहरूको निष्पक्ष छानबिन गरी त्यसको प्रतिवेदन आगामी महाधिवेशनमा प्रस्तुत गर्न छानबिन समिति गठन गर्नुपर्ने माग पनि उहाँहरूले अघि सारेका छन् ।

हाल देखिएको यो विवादले राप्रपाभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै गएको संकेत गरेको छ। मागहरू समयमै सम्बोधन नभए पार्टीभित्र थप मतभेद गहिरिने सम्भावना रहेको राजनीतिक वृत्तमा आकलन गरिएको छ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्