नेभिगेशन
राजनीति

कांग्रेसको ‘एकमहिने जरा अभियान’ प्रारम्भ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्दै पार्टीको ‘एक महिने जरा अभियान’ तथा क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रमको शुभारम्भ गरेका छन् ।
मंगलबार काठमाडौं महानगरपालिका–३० मा आयोजित कार्यक्रममा थापाले सदस्यता अद्यावधिक गर्दै अभियानको औपचारिक सुरुवात गरेका हुन् ।
नेपाली कांग्रेसले संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी रूपमा क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गरेको जनाएको छ। उक्त अभियानअन्तर्गत पार्टीका पुराना सदस्यहरूको नवीकरण तथा नयाँ सदस्य थप गर्ने लक्ष्य राखिएको छ।
पार्टीले यो अभियानमार्फत संगठनलाई जरा तहसम्म मजबुत बनाउँदै आगामी राजनीतिक गतिविधिमा थप सक्रियता ल्याउने विश्वास लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्