नेभिगेशन
स्वास्थ्य

क्यान्सर परीक्षणको नयाँ सेवा सुरुवात

काठमाडौं । सारा ल्याब र फोरबेस केयरको संयुक्त प्रयासमा नेपालमा प्रेसिजन क्यान्सर डायग्नोस्टिक्स ल्याबको शुभारम्भ भएको छ । बिरामीहरूका लागि उन्नत जीनोमिक परीक्षणलाई देश भित्र्याउने दिशामा एक महत्वपूर्ण कदम भएको बताइएको छ ।
यो सुविधाले जर्मलाइन र सोमाटिक परीक्षणसहित व्यापक क्यान्सर प्रोफाइलिङ गर्न सक्षम बनाउनेछ, जसले व्यक्तिगत उपचार निर्णयलाई सहयोग पु¥याउने, क्लिनिकल नतिजाहरू सुधार्ने र परिवारका लागि प्रारम्भिक जोखिम मूल्यांकनलाई बढावा दिनेछ । सेवा शुभारम्भ कार्यक्रममा बोल्दै फोरबेस केयरका संस्थापक तथा सीइओ हितेश गोस्वामीले उदीयमान बजारहरूमा प्रेसिजन अनकोलोजीको पहुँचलाई शहज बनाउने कुराको महत्वलाई जोड दिए । नेपाल क्यान्सर हस्पिटलका एन्ड रिसर्च सेन्टरका संस्थापक डा. सुदीप श्रेष्ठले क्यान्सरको वंशानुगत जाँचमा नयाँ नयाँ प्रविधि भित्रिएको र परीक्षणमा सफलता हासिल हुन थालेको सन्र्दभमा यो विधि थपिएको जनाए । उनले यस परीक्षण विधिले रोग शीघ्र पहिचान गरी निदानको क्रमलाई सहज बनाउने धारणा व्यक्त गरे । सारा ल्याबका संस्थापक डा. दिग्बिजय महतले नेपालको स्थानीय क्षमताहरूलाई उन्नत क्यान्सर डायग्नोस्टिक्समा मजबुत बनाउने र विदेशी परीक्षणमा निर्भरता घटाउने बताए । शुभारम्भ कार्यक्रममा अणुवांशिक सिक्वेन्सिङको अनकोलोजीमा बढ्दो भूमिका र नेपालको क्लिनिकल अभ्यासमा वैश्विक प्रमाणहरूलाई एकीकृत गर्ने विषयमा विशेषज्ञ छलफल पनि गरियो । यो सहकार्यले अत्याधुनिक प्रविधि, क्लिनिकल विशेषज्ञता र क्षेत्र–विशेष जीनोमिक अन्तर्दृष्टिलाई जोडेर नेपालमा प्रेसिजन अनकोलोजीको दिगो इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको छ । टंगालमा रहेको केल्याबबाट यो सुविधा सुरु भइसकेको जानकारी एक अत्यन्त उत्साहजनक खबर भएको के ल्याबका सुशील थापाले बताए । यो सहकार्यले अत्याधुनिक प्रविधि, क्लिनिकल विशेषज्ञता र क्षेत्र–विशेष जीनोमिक अन्तर्दृष्टिलाई जोडेर नेपालमा प्रेसिजन अनकोलोजीको दिगो इकोसिस्टम निर्माण गर्ने लक्ष्य राखेको थापाको धारणा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्