नेभिगेशन
राजनीति

बुर्लाकोटी रास्वपाका प्रमुख सचेतक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक चयन भएका छन् । पार्टी संसदीय दलको बिहीबारको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतक, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिएको हो ।
बैठकले संसद्का विभिन्न विषयगत समितिको सभापति हुने सांसद् पनि चयन गरेको छ । बैठकले गरेको निर्णयअनुसार सांसदहरुले समिति सभापतिमा मनोनयन पनि दर्ता गराएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति