नेभिगेशन
राजनीति

सर्वोच्चले कांग्रेसलाई एकढिक्का भएर अघि बढ्ने वातावरण बनायोः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एक ढिक्का बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् । शुक्रबार सर्वोच्च अदालतले विशेष महाधिवेशनको पक्षमा फैसला गरेपछि उनले अदालतले पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको उल्लेख गरेका हुन् ।

शुक्रबार ढिलो गरी सर्वोच्च अदालतको फैसला आएसँगै थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया दिएका हुन् ।

सभापति थापाले यो कुनै जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको प्रक्रिया दिए ।

उनले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेकाले महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए । पार्टीका सदस्य र शुभेच्छुकहरू देशभित्र वा बाहिर जहाँ भए पनि अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने विश्वास रहेको पनि उनले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्