नेभिगेशन
राजनीति

एसपीपी र एमसिसी खारेज गर्न सरकारलाई दुर्गा प्रसाईंको सुझाव

काठमाडौं । मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईंले वर्तमान सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) खारेज गर्ने निर्णय गर्न सुझाव दिएका छन् । 

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एसपीपी र एमसिसी खारेज नगरेको भन्दै सरकारको आलोचना गरे । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको प्रसंग उल्लेख गर्दै उनले वर्तमान सरकारलाई ती सम्झौता खारेज गर्न दबाब दिए।

प्रसाईंले मन्त्रिपरिषद्बाट निर्णय गरेर हिन्दु राष्ट्र पुनःस्थापना गर्नसमेत माग गरे । उनले सरकारसँग बहुमत रहेकाले निर्णय गर्न ढिलाइ नगर्न आग्रह गरे ।

उनले राजसंस्था पुनःस्थापनाको मागसमेत अघि सार्दै हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना भए चुनावको आवश्यकता नपर्ने दाबी गरे ।
त्यस्तै, सर्वदलीय सरकार गठन गरी संविधान संशोधन गर्नुपर्ने धारणा पनि उनले राखे । विवादित विषयहरू समाधान गरेर मात्र निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो।

प्रसाईंले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै जनताको अपेक्षाअनुसार निर्णय गर्न सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्