नेभिगेशन
फोटो स्टोरी

अतिक्रमित संरचनामा डोजर

सडक डिभिजन कार्यालय हेटौंडाले आइतबार बिहानैदेखि वीरगञ्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ । त्रिभुवन राजपथअन्तर्गतको गण्डक चोकदेखि मितेरी पुलसम्म सडकको बीच भागबाट दायाँ–बायाँ २५–२५ मिटर सडक विस्तारका लागि अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सुरु गरिएको हो । करिब १२ सय घरटहरा भत्काइने जनाइएको छ । कार्यालयका इञ्जिनियर भोला साहले सर्वाेच्च अदालतको फैसला र संघीय सरकारको निर्देशनअनुसार अतिक्रमित संरचना भत्काउन लागिएको जनाए । बिहानैदेखि मुख्य सडक खण्डमा संरचना भत्काइएपछि आज दिउँसो १२ः३० बजेसम्म यहाँ बिजुली तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । 
तस्बिरः नेपाल फोटो लाइब्रेरी
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा

सिद्धपोखरीमा दीप प्रज्वलन

सिद्धपोखरीमा दीप प्रज्वलन