नेभिगेशन
राजनीति

भूपदेवलाई रास्वपाको सान्त्वना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा भूपदेव शाह मनोनीत भएका छन् । पार्टीको  सोमबार बसेको केन्द्रीय समिति बैठकले अछामका शाहलाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको हो । शाह प्रधानमन्त्री एवम् रास्वपा वरिष्ठ नेता वालेन्द्र शाहनिकट मानिन्छन् । 
भूपदेव फागुन २१ को निर्वाचनमा अछामबाट उम्मेदवारी दिएर पराजित भएका थिए । उनलाई पार्टीले जिम्मेवारीमा ल्याएको हो । वालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा भूपदेव उनको सचिवालयमा सहयोगीको भूमिकामा थिए । रास्वपामा दुई जना महामन्त्री यसअघि नै छन् । सभापति रवि लामिछाने निकट कविन्द्र बुर्लाकोटी र शाह निकट सुनिल लम्साल यसअघि नै महामन्त्री छन् । 
त्यस्तै, बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्