नेभिगेशन
राजनीति

पार्टीमा देखिएका चुनौतीको सामना गरेर अघि बढ्न ओलीको आह्वान

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको चुनौतीहरुको सामना गरेर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक चुनौतीहरूलाई पार लगाउन पार्टीभित्र एकता अपरिहार्य रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै उनले यस्तो बताएका हुन् ।

अस्वस्थताका कारण घरमै आराम गरिरहेका ओलीले आजको कार्यक्रमका लागि सन्देश पठाएका हुन् । उनको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले वाचन गरेर सुनाएका थिए ।

‘पार्टी नेतृत्वमा भएको विभिन्न आन्दोलनले उपलब्धी पनि हासिल गरेको छ । तर पटक–पटक पीडा पनि व्यहोरेको छ । निरंकुशताको अन्त्य र गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्यो पार्टीले,’ ओलीको सन्देश सुनाउँदै बादलले भने, ‘मुलुकलाई सुखी नेपाली समृद्ध नेपालको मार्गमा डो-यायो । नेकपा एमाले अनेकौं प्रतिकूलता झेलेर यहाँ आएको हो । एकताबद्ध भएर गौरवशाली र ऐतिहासिक चुनौती पार गर्नु पर्नेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्