नेभिगेशन
अर्थतन्त्र

नेशनल लाइफ र ग्राण्डी हस्पिटलबीच सम्झौता

काठमाडौं । आकर्षक बोनसदरसहित ३९ वर्षदेखि जीवन बीमा व्यवसायमा छुट्टै पहिचान बनाउन सफल नीजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्सले ग्राण्डी अस्पतालसँग मेडिकल सेवा सम्झौता गरेको छ । कम्पनीले प्रस्तावकहरुलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटोछरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलब्ध गराउने गरी बुधबार सम्झौता गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र ग्राण्डी हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेको उपस्थितिमा सम्झौता भएको हो । सम्झौताअनुरुप कम्पनीको बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवश्यक पर्ने मेडिकल जाँचको लागि सहुलियत दरमा छिटोछरितो सेवा प्रवाह गरी मेडिकल रिपोर्ट प्रदान गर्ने र कम्पनीमा कार्यरत कर्मचारीलाई १० प्रतिशत छुट सुविधासहित सहुलियत दरमा स्वास्थ्योपचार सुविधा उपलब्ध हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्