नेभिगेशन
अर्थतन्त्र

एनआईसी एशियाका ग्राहकलाई एभरेष्ट हस्पिटलमा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी  समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र एभरेष्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दिपकचन्द्र बरालले हस्ताक्षर गरे ।
समझदारीपश्चात बैंकका ग्राहकले नयाँ बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवा (आउटसोर्स सेवाहरु, डाक्टर परामर्श र एम्बुलेन्स शुल्कबाहेक) उपयोग गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट सुविधा प्राप्त गर्नु सक्नेछन् । साथै, ग्राहकले अपरेसनमा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सहुलियत प्राप्त गर्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । हस्पिटलसँगको सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहुलियत हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्