नेभिगेशन
अर्थतन्त्र

खानेपानीका इन्जिनियर यादवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । खानेपानीका एक इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा चलाएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर किशोरीप्रसाद यादवविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो । 
जागिरमा रहँदा उनले पदीय दुरुपयोग गरी एक करोड ४६ लाख ८१ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको अनुसन्धानमा पुष्टि भएपछि विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन् । 
यादवको ३३ वर्षे जागिरको अवधिलाई जाँच अवधि कायम गर्दा उनको परिवारको कुल वैधानिक आय ३ करोड ४६ लाख २१ हजार रुपैयाँ देखिएको छ । तर, सोही अवधिमा उनको जग्गा खरिद, घर निर्माण, सेयर, सवारीसाधन खरिद र बैंक मौज्दात लगायतका क्षेत्रमा भएको कुल खर्च तथा लगानी भने ४ करोड ९३ लाख दुई हजार ६२६ रुपियाँ रहेको भेटिएको छ । कुल आयभन्दा खर्च बढी देखिएको र त्यसको स्रोत नखुलेको रकम भ्रष्टाचार गरी आर्जन गरेको ठहर गर्दै आयोगले बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गरेको छ । अवैध आर्जन लुकाउन सहयोग पु¥याएको भन्दै आयोगले मुद्दामा यादवकी श्रीमती निर्मला कुमारीलाई समेत प्रतिवादी बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्