नेभिगेशन
राजनीति

रास्वपाको चासो अब स्थानीय निर्वाचनमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउने गृहकार्य सुरु गरेको छ । 
पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार उम्मेदवार छनोटको रूपरेखा तयार पार्न र ‘क्यान्डिडेट क्लब’ सम्पादनका लागि सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
निर्वाचनमा उठ्ने उम्मेदवारहरू योग्यतामा आधारित र समावेशी होऊन् भन्ने उद्देश्यले समितिले वडादेखि प्रदेश तहसम्मका सबै समितिहरूसँग व्यावहारिक सुझाव माग गरेको छ । जसका लागि वैशाख १४ गतेदेखि १८ गतेसम्मको छोटो र विशेष समयसीमा तोकिएको छ ।
समितिको निर्णयअनुसार वैशाख १४ गते वडा तहमा छलफल गरी पालिकामा सुझाव पठाउनुपर्नेछ । त्यसैगरी वैशाख १६ गते पालिका, १७ गते जिल्ला र १८ गते प्रदेश तहमा छलफल गरी केन्द्रमा सुझाव पठाउनुपर्ने तालिका पार्टीले सार्वजनिक गरेको छ ।
विशेष परिस्थितिमा सभापतिहरू उपस्थित हुन नसके उपसभापतिमार्फत भौतिक वा भर्चुअल बैठक बसेर भए पनि तोकिएकै मितिमा सुझाव पठाउन मातहतका निकायलाई निर्देशन दिइएको छ । स्थानीय तहका सुझावहरूलाई समेटेर समितिले उम्मेदवार छनोटको अन्तिम रूपरेखा तयार पार्नेछ ।
समितिमा केन्द्रीय सदस्यहरू आरके ढुंगाना (सचिव), समीक्षा बास्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र डिल्लिश्वोर कार्की सदस्य रहेका छन् । सबै समितिले आफ्ना निर्णयको प्रतिलिपि वा पिडिएफ फाइल इमेलमार्फत केन्द्रमा पठाउनुपर्ने व्यवस्था गरिएको पार्टीका सहमामन्त्री तथा समितिका संयोजक विपिनकुमार आचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आज २०औँ लोकतन्त्र दिवस मनाइँदै

आज २०औँ लोकतन्त्र दिवस मनाइँदै

२५ सहसचिवको सरुवा

२५ सहसचिवको सरुवा