नेभिगेशन
प्रवास

अमेरिका देश निकाला गरिएका १९ नेपाली काठमाडौँमा

काठमाडौँ, १९ भदौ – संयुक्त राज्य अमेरिकाबाट देश निकाला गरिएका १९ नेपाली नागरिक आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

उनीहरूमा २ महिला र १७ पुरुष रहेका छन् । अध्यागमन प्रक्रियापछि उनीहरूलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

विमानस्थल अध्यागमन कार्यालयका वरिष्ठ अधिकृत अञ्जन न्यौपानेका अनुसार, अमेरिकी अधिकारीहरूद्वारा डिपोर्ट गरिएका ती नेपाली नागरिकहरूलाई विमानस्थलमा आवश्यक औपचारिकता पूरा गरेपछि करीब दुई घन्टापछि बाहिर ल्याइएको हो ।

यसअघि पनि अमेरिका विभिन्न चरणमा गरेर २१५ भन्दा बढी नेपालीलाई डिपोर्ट गरिसकेको छ । पछिल्लो समय डिपोर्ट गरिएका यो समूह त्यसैको निरन्तरताको रूपमा आएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्