नेभिगेशन
फोटो स्टोरी

कहिले होला सहज ?

बिपी राजमार्गको रोशी खोला क्षेत्रमा सोमबार यात्रा गर्दै सर्वसाधारण । अचानकको वर्षासँगै खोलामा जलस्तर बढेर डाइभर्सनहरु बगाएपछि शनिबार साँझदेखि सवारी आवागमनमा रोक लगाइएको थियो ।  आपतकालीन मर्मतसँगै सोमबार दिउँसो साढे ३ बजेदेखि आवागमन पुनः खुलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेंसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा र माम्तीसहित सिन्धुलीतर्फका आँपघारी र नेपालथोक क्षेत्रमा सडकका डाइभर्सन बगाएको थियो । सवारी आवागमन खुलाए पनि यो रुटको यात्रा सहज छैन । तस्बिरः बिजेन अमात्य÷नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
अमेरिकी समर्थक

अमेरिकी समर्थक

खोजी इलमको

खोजी इलमको

गङनम स्टाइल

गङनम स्टाइल