नेभिगेशन
राजनीति

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा मंगलबार  दायर रिट निवेदनमा सरकारले गठन गरेको उक्त आयोग असंवैधानिक भएको दाबी गर्दै खारेज गर्न माग गरिएको छ । उक्त रिटमा सुनुवाइका लागि बुधबारका लागि पेसी तोकिएको छ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ । उक्त आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न कार्यादेश दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय