नेभिगेशन
साहित्य

अमिर शोभा शिक्षा तथा साहित्य पुरस्कार स्थापना

काठमाडौं । समाजसेवी बुद्धिबहादुर (अमिर) थापाको स्मरणमा अमिर शोभा शिक्षा तथा साहित्य पुरस्कार स्थापना गरिएको छ । अरुणिमा शैक्षिक प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा संरक्षक स्वर्गीय थापाको ४५ औं दिनको अवसरमा आयोजित श्रद्धाञ्जली तथा स्मृति सभामा कोष स्थापना गरिएको जनाइएको हो । सो अवसरमा स्वर्गीय थापाकी सुपुत्री संगीता थापाले आफ्ना पिताको स्मृतिमा ‘अमिर शोभा शिक्षा तथा साहित्य पुरस्कार कोष’ स्थापनार्थ ११ लाख ९४ हजार २ सय २६ रुपैयाँको चेक अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष शम्भुप्रसाद बडाललाई हस्तान्तरण गरिन् ।
प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सहभागीहरूले स्वर्गीय थापाको साहित्यिक तथा शैक्षिक उन्नयनमा पु¥याउनुभएको योगदानको स्मरण गरेका थिए । अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष शम्भुप्रसाद बडालले स्वर्गीय थापाले थापाका आदर्शलाई निरन्तरता दिनुपर्ने बताए । गुठियार संगीता हमाल तथा अरुणिमा अलुम्नाइका अध्यक्ष जितेन्द्र श्रेष्ठले थापाको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे । वक्ताहरूले स्वर्गीय थापा संघर्षशील, इमानदार र कर्तव्यनिष्ठ व्यक्तित्व भएको बताउँदै शिक्षा विकास, सामाजिक जागरणमा थापाको भूमिका अतुलनीय रहेको बताए । कार्यक्रममा साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेल, शिक्षाविद् विश्वनाथ अर्याल तथा अर्थविद् प्रा.डा. कैलाशनाथ प्याकुरेल, मानवशास्त्री डा. सुरेश ढकाल र साहित्यकार कोषराज न्यौपानेले थापाको विचार, आदर्श र जीवनदर्शन भावी पुस्ताका लागि प्रेरणादायी भएको उल्लेख गरे । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र समाजसेवी रामहरि रिजालले थापाले मानवीय सेवामा गरेको योगदानको प्रशंसा गरे । भैरव पुरस्कार गुठीका उपाध्यक्ष गोपालप्रसाद बराल र रमेश विकल साहित्य प्रतिष्ठानका सचिव आलोक चालिसेले सांस्कृतिक संरक्षणमा थापाको सक्रियताको स्मरण गरे । पूर्वप्रशासक जनकराज ढुंगानाले थापा प्रेरणादायी र दूरदर्शी व्यक्तित्व भएको बताए । प्रतिष्ठानका प्राचार्य ईश्वरीप्रसाद लामिछानेले स्वर्गीय थापाप्रति श्रद्धासुमन अर्पण गर्दै उनको योगदानको स्मरण गरे । कार्यक्रममा थापाका सुपुत्र सुशील थापाले परिवारका तर्फबाट सबैप्रति आभार व्यक्त गरे । कार्यक्रममा ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र, कुपन्डोलकी सञ्चालिका ब्रह्मकुमारी गङ्गाले आध्यात्मिक दृष्टिकोणबाट स्वर्गीय थापाको जीवनलाई स्मरण गर्दै उनको सकारात्मक सोच, सेवा भाव र मानवताप्रतिको समर्पण उच्च रहेको बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
आमा !

आमा !

मुराकामी उपन्यास ल्याउँदै

मुराकामी उपन्यास ल्याउँदै