नेभिगेशन
राजनीति

अमेरिकी विशेष दूतले भेटे अर्थ र परराष्ट्रमन्त्री, प्रधानमन्त्रीले नभेट्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो साढे ३ बजे अर्थ मन्त्रालयमा उनीहरूबीच झण्डै २० मिनेट भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिका बीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको थियो ।

यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषत दूत  सर्जियो गोरबीच भेटवार्ता भएको छ । बिहीबार साँझ तीन दिने नेपाल भ्रमणमा आएका गोरले शुक्रबार परराष्ट्रमन्त्री खनालसँग भेटेका हुन् । उनीहरूबीच लगानी र व्यापारका सम्बन्धमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै नेपाल-अमेरिका सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा छलफल भएको थियो ।  भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर दक्षिण तथा मध्य एसियाका लागि अमेरिकाका विशेष दूत पनि हुन्। उनी शनिबार भारत फर्किनेछन् ।

यसैबीच ट्रम्पका विश्वासपात्र मानिएका गोरसँग प्रधानमन्त्री बालेन्द्र शाहले भने नभेट्ने भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्