नेभिगेशन
साहित्य

‘मेरो स्कूल’ कृति सार्वजनिक

काठमाडौं । लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कूल’ सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ । 
‘मेरो स्कूल’ मा विभिन्न व्यक्तिका विद्यालय जीवनका अनुभव, शिक्षाको महŒव, शिक्षक–विद्यार्थी सम्बन्ध र समाजमा शिक्षाले पार्ने प्रभावलाई सरल र भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
लेखिका खड्काले नयाँ पुस्ताका लागि प्रेरणादायी सन्देश बोकेको यस कृतिले विशेषगरी विद्यार्थी र अभिभावकहरूलाई आकर्षित गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले लेखन केवल अभिव्यक्तिको माध्यम मात्र नभई समाज परिवर्तनको एउटा महŒवपूर्ण साधनसमेत भएकाले आफूले लेखन कार्यलाई निरन्तरता दिने बताइन् ।
सल्यान घर भएकी खड्का हाल अमेरिकामा छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्