नेभिगेशन
राजनीति

तीनै अंगले एउटै स्पिरिटमा काम गरे मुलुकले छोटो समयमा ठूलो फड्को मार्ने सभामुखको दाबी

काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एउटै स्पिरिटमा काम गर्नसके मुलुकले छोटो समयमा ठूलो फड्को मार्नसक्ने बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तोब बताएका हुन् । उनले मुलुकको विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले सरकार र संसदबीचको समन्वयलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीको गतिअनुसार कानून निर्माण प्रक्रिया अघि बढाउने दाबी समेत गरे । उनले आफ्नो कार्यकाल मुख्यतः कानून निर्माण तथा त्यसको कार्यान्वयनका लागि कार्यपालिकालाई निर्देशित गर्ने भुमिका प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

देश र नागरिकले जित्नेगरी अबको पाँच वर्ष मुलुकलाई अघि बढाउनुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्