नेभिगेशन
मनोरञ्जन

निर्माताहरू आफूआफैं नभिड्न संघको आग्रह

नेपाली चलचित्रका सम्मानित निर्माताहरूबीच सामाजिक सञ्जाल तथा विभिन्न समाचार माध्यममार्फत सार्वजनिक रुपमा अशिष्ट अभिव्यक्ति दिएको, एकअर्कामा आरोप–प्रत्यारोप र विवादमा फँसेकोमा निर्माता संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका महासचिव सुनीलकुमार थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता आरोप–प्रत्यारोपले लचचित्र क्षेत्रको मर्यादा, शिष्टाचार र स्वस्थ वातावरणमा असर पुर्‍याएकोमा गम्भीर चिन्ता व्यक्त गर्दै निर्माता तथा सञ्चारकर्मी दुवैलाई संयमित र जिम्मेवार रहन अनुरोध गरिएको छ । 

स्वस्थ वार्ता र संवादको बाटोबाट विवाद समाधान गर्न महासचिव थापाले आग्रह गर्दै व्यक्तिगत असन्तुष्टिलाई सार्वजनिक स्तरमा विवादका रुपमा प्रस्तुत गर्नु उद्योगकै लागि प्रत्युत्पादक हुने बताएका छन् । 

उनले आपसी छलफलबाट तिक्तता अन्त्य गर्न आग्रह समेत गरेका छन् । संघले यस प्रक्रियामा सहजकर्ता र संयोजनकारी भूमिका तयार गर्न इच्छुक रहेको समेत जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्