नेभिगेशन
स्वास्थ्य

चिकित्सक संघको अध्यक्षमा डा रिजाल

काठमाडौं । नेपाल चिकित्सक संघमा डा. बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । 
मंगलबार सम्पन्न मतगणनाबाट नयाँ कार्यकारणी समिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले बताए । डा. रिजाल ३ हजार १ सय ९६ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी डा. मंगल रावलले २ हजार ९ सय ४० मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी र महासचिवमा डा. विश्वराज दवाडी विजयी भएका छन् । यस्तै, उपाध्यक्षतर्फ कोशीबाट डा. रोशन खड्का, मधेशबाट डा. अमितरञ्जन मिश्र, वाग्मतीबाट डा. सुवास भट्टराई, गण्डकीबाट डा. यज्ञराज सिग्देल, लुम्बिनीबाट डा. नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा. रविन खड्का र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी विजयी भएका छन् । 
कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिव डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा तेजसुसिंह मल्ल विजयी भएका छन् । सदस्यहरूमा डा. अमित झा, डा. राकेश शाह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. शेषराज आचार्य विजयी भएका छन् । संघको उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन भएको थियो । निर्वाचनमा १६ हजार १ सय मतमध्ये ७ हजार १ सय २ मत खसेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्