नेभिगेशन
साहित्य
साताको पुस्तक

अज्ञात

गोर्खा राज्यको विस्तार अनगन्ती मानिसको पसिना र बलिदानबाट भएको थियो । अज्ञात तिनै मानिसको कथा हो, जसलाई राज्यले कहिल्यै पहिचान दिएन, जो इतिहासमा गुमनाम रहिरहे । 
यस कथाको केन्द्रमा कमारो बस्न बाध्य पारिएको मन्या छ । आफ्ना बाबुबारे थाहा पाएपछि ऊ तिनको खोजीमा घरबाट भाग्छ । सैनिक सेवाबापत पाउनुपर्ने रकमसम्बन्धी विवादमा काजीको मृत्यु हुन पुगेपछि उसका तिलङ्गा बाबु लामो समयसम्म हरिद्वारमा लुकेर बसेका हुन्छन्, जहाँ उनको भेट मन्यासँग हुन्छ ।
बाबुुबाट आमाबारे थाहा पाएपछि मन्या सुराग पछ्याउँदै उनको खोजीमा एक ठाउँबाट अर्को ठाउँ जान्छ— मृत्यु, लुटपाट, विस्थापित गाउँ, युद्धरत राज्यको आदेश मान्न अभिशप्त मानिसका पीडाको साक्षी बन्दै । अन्ततः ऊ नालापानी किल्ला आइपुग्छ, जहाँ अङ्ग्रेजहरूको आक्रमण रोक्न बलभद्र कुँवर सेनाको सानो टुकडी लिई बसेका हुन्छन् । अनि युद्धलाई प्रश्न गर्दै हिँडेको ऊ युद्धमा होमिन पुग्छ । उसले हानेको गोलीले जनरल जिलेस्पी मर्छ र अङ्ग्रेजी फौज पछि हट्छ । तर के उसको खोजी सफल हुन्छ रु के उसले सम्झिरहने वनदेवीसँग उसको भेट हुन्छ रु 
युद्धबीच अङ्कुराएका प्रेम र युद्धको व्यर्थतालाई सूक्ष्म तरिकाले देखाइएको यो युद्धका साधन बनाइएका मानिसका दृष्टिबाट लेखिएको सशक्त उपन्यास हो, जुन शिल्प र वैचारिकीका हिसाबले पनि उत्तिकै अब्बल छ ।
पद्मश्री साहित्य पुरस्कार विजेता लेखक केशवराज ज्ञवालीको दोस्रो उपन्यास ‘अज्ञात’ सार्वजनिक कार्यक्रममा मदन पुरस्कार विजेता लेखक तथा पत्रकार मोहन मैनालीले उपन्यासको मुख्य पात्र मन्याको यात्राले पाठकलाई भावनात्मक रूपमा समेट्ने बताएका छन् । “मन्याले हिँडेको बाटो पाठकले पनि सँगसँगै यात्रा गर्न चाहन्छ,” उनले भने, “उपन्यासमा रहेका फुटनोटहरूले यसलाई इतिहासका विद्यार्थीका लागि समेत उपयोगी बनाएको छ ।” उनले कृतिको लालित्यपूर्ण भाषा र जीवन्त वर्णनलाई विशेष उपलब्धि माने । 
लेखक केशवराज ज्ञवालीले गोर्खा राज्य विस्तार नेपालको वर्तमान भूगोल निर्माण गर्ने महत्वपूर्ण ऐतिहासिक घटना भएको उल्लेख गर्दै त्यस क्रममा योगदान गरेका तर इतिहासमा गुमनाम रहेका ‘भुइँमान्छे’हरूको कथा उजागर गर्ने प्रयास स्वरूप उपन्यास लेखिएको बताए । ‘इतिहासमा प्रायः राजा र सेनानायकको चर्चा हुन्छ, तर आम मानिसका कथा ओझेलमा पर्छन्,’ उनले भने, “त्यही गुमनाम इतिहासलाई ‘अज्ञात’मार्फत लेख्न खोजिएको हो ।”
उपन्यासले गोर्खा राज्यको विस्तारको पृष्ठभूमिमा आम मानिसको संघर्ष, पीडा र अस्तित्वको कथा प्रस्तुत गर्छ । कथाको केन्द्रमा रहेको पात्र मन्या आफ्ना बाबुको खोजीमा घरबाट भाग्दै युद्ध, विस्थापन र सामाजिक अन्यायको साक्षी बन्छ । कथानक क्रमशः नालापानीको युद्धसम्म पुग्छ, जहाँ बलभद्र कुँवर नेतृत्वको सानो नेपाली फौजले अङ्ग्रेजी सेनाविरुद्ध प्रतिरोध गरेको थियो ।
उपन्यासमा युद्धबीच अंकुरिएको प्रेम, मानव पीडा र युद्धको निरर्थकतालाई सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको छ । ऐतिहासिक तथ्य, स्थलगत अध्ययन र अनुसन्धानको आधारमा लेखिएको कृतिले इतिहासका गुमनाम पात्रहरूको जीवनलाई केन्द्रमा राख्दै नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
ईश्वरको मृत्यु

ईश्वरको मृत्यु

किशोरकिशोरीहरू पठनतर्फ फर्किए

किशोरकिशोरीहरू पठनतर्फ फर्किए

निएन्डरथलले पनि चित्र बनाएका थिए

निएन्डरथलले पनि चित्र बनाएका थिए