नेभिगेशन
फोटो स्टोरी

हनुमानढोकामा काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो पर्व इन्द्रजात्रा

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो पर्व इन्द्रजात्रा आज शनिबार इन्द्रदेवको पूजा आराधनासहित सुरु भएको छ । भाद्र शुक्ल चतुर्दशीका दिनबाट सुरु हुने इन्द्रजात्रा आठ दिनसम्म विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमसहित मनाइन्छ ।

आज काठमाडौंको ऐतिहासिक हनुमानढोकामा ध्वजासहितको पवित्र योनशी ठड्याएर ‘इन्द्रध्वजोत्थान’ गरिएकाले औपचारिक रूपमा पर्व प्रारम्भ भएको हो । योनशीको आधारमा भैरवको पूजा गरिन्छ । शत्रु विजयी भएको खुसीयालीको प्रतीक स्वरूप यो पर्व मनाउने परम्परा रहेको मानिन्छ ।

काभ्रेको नालाबाट तान्त्रिक विधिपूर्वक ल्याइएको र काठमाडौंको भोःटहिटीमा विभिन्न संस्कारद्वारा पवित्र बनाइएको काठ प्रयोग गरी योनशी ठड्याइने गरिन्छ । यस अवसरमा भक्तपुरको भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशावतार नाच, पुलुकिसी नाचलगायतका परम्परागत नृत्यहरू राजधानीका विभिन्न स्थानमा प्रस्तुत गरिन्छ ।

यसैगरी, जीवित देवी कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा निकालिएको छ। आज राष्ट्रप्रमुख राष्ट्रपति स्वयं उपस्थित भई कुमारीको दर्शन, पूजा तथा प्रसाद ग्रहण गर्ने प्रचलन छ ।

मान्यता अनुसार, इन्द्रजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लको शासनकालमा भएको हो । वर्षा र समृद्धि प्रदान गर्ने देवता इन्द्रलाई आज विशेष रूपमा आराधना  गरिएको छ । 

1000253288-1757165467.jpg

1000253289-1757165467.jpg

1000253287-1757165465.jpg

1000253286-1757165465.jpg

1000253285-1757165463.jpg

1000253284-1757165463.jpg

1000253282-1757165462.jpg

1000253283-1757165462.jpg

1000253281-1757165459.jpg

1000253280-1757165459.jpg

1000253278-1757165455.jpg

1000253279-1757165455.jpg

1000253275-1757165454.jpg

1000253276-1757165454.jpg

1000253273-1757165452.jpg

1000253274-1757165452.jpg

1000253270-1757165451.jpg

1000253271-1757165451.jpg

1000253268-1757165449.jpg

1000253269-1757165449.jpg

1000253266-1757165448.jpg

1000253267-1757165448.jpg

- तस्विर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्