नेभिगेशन
मनोरञ्जन

शिल्पाले रोजिन् मुस्ताङमा बिहे

अभिनेत्री शिल्पा मास्के विवाह बन्धनमा बाँधिएकी छन् । उनले विहीबार प्रेमी तथा ट्याटु आर्टिस्ट फ्लावर केसीसँग लगनगाँठो कसेको तस्वीरहरू इन्स्टाग्राममा पस्किएकी छन् ।
उनीहरूको विवाह हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा भएको हो । पछिल्लो समय ‘डेस्टिनेशन वेडिङ’ निकै लोकप्रिय हुँदै जाँदा उनले पनि मुस्ताङको कोबाङ गाउँस्थित थासाङ भिलेजमा भएको विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्यहरूको मात्र उपस्थिति रहेको थियो । 
प्रकृतिको बीचमा विवाह गर्ने आफूहरूको सपना पूरा भएको शिल्पाले लेखेकी छन् । विवाहका हरेक क्षण सपनाजस्तै रहेको बताउँदै उनले भनेकी छन्, ‘एक समय कल्पनामा मात्र रहेको सपना आज हाम्रो जीवनको सबैभन्दा सुन्दर सम्झनामध्ये एक बनेको छ ।’
पछिल्लो समय २०८१ मा रिलिज भएको फिल्म ‘देवी’मा देखा परेकी उनले सात वर्ष फिल्म उद्योगमा बिताएकी थिइन् । ‘द ब्रेकअप’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी उनले यसपछि उनले अभिनय गरेका ‘कागजपत्र’, ‘सानो मन’, ‘कठपुतली’, ‘लाइफ इन एलए’, ‘परस्त्री’, ‘फूलबारी’ जस्ता फिल्म प्रदर्शनमा आइसकेका छन् । केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी उनी चाँडै नयाँ फिल्म ‘जलाकी’मा देखिने भएकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
विश्वकपमा नोरा

विश्वकपमा नोरा

‘परालको आगो’ अगाडि बढ्यो

‘परालको आगो’ अगाडि बढ्यो