नेभिगेशन
मनोरञ्जन

विश्वकपमा नोरा

बलिउड अभिनेत्री नोरा फतेही फिफा विश्वकप २०२६ को ओपनिङ सेरेमनीमा प्रस्तुति दिने पहिलो बलिउड कलाकार बन्ने भएकी छन् । यो समारोह १२ जुनमा क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा आयोजना हुनेछ ।
यसअघि नोराले फिफा विश्वकप २०२२ को क्लोजिङ सेरेमनी र आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ओपनिङ सेरेमनीमा आफ्नो कला प्रदर्शन गरिसकेकी छन्  । फुटबल र क्रिकेट दुवै विधाको विश्वकपको ओपनिङ सेरेमनीमा प्रस्तुति दिने उनी पहिलो र एक मात्र बलिउड कलाकार बन्दैछिन् ।
विश्वकप २०२६ अमेरिका, मेक्सिको र क्यानडा गरी तीन देशमा आयोजना हुँदैछ । यसकारण फिफाले प्रत्येक आयोजक देशको पहिलो खेलअघि तीनवटा छुट्टाछुट्टै ओपनिङ सेरेमनी गर्ने योजना बनाएको छ ।
क्यानडामा हुने समारोहमा नोराका साथै बंगलादेशी मूलका अमेरिकी डीजे संजोयले पनि प्रस्तुति दिनेछन् । संजोयले सन् २०११ मा बलिउड चलचित्र ‘रावन’ को चर्चित गीत ‘छम्मक छल्लो’ को आधिकारिक रिमिक्स तयार पारेका थिए । कार्यक्रममा माइकल बुब्ले, एलेसिया कारा र जेसी रेयेज लगायतका अन्य कलाकारहरू पनि सहभागी हुनेछन् ।
अर्कोतर्फ, चर्चित गायिका केटी पेरीले अमेरिकामा हुने ओपनिङ सेरेमनीमा प्रस्तुति दिने कुरा इन्स्टाग्राममार्फत निश्चित गरेकी छन् । १२ जुनमा क्यालिफोर्नियाको सोफी स्टेडियममा हुने उक्त समारोहमा उनले प्रस्तुति दिनेछिन् । सोही स्थानमा अमेरिका र पाराग्वेबिच खेल हुनेछ ।
अमेरिकाको कार्यक्रममा लिसा, टायला, अनिता र रेमा जस्ता कलाकारले पनि प्रस्तुति दिने तालिका छ । त्यस्तै, ११ जुनमा मेक्सिको सिटीमा हुने ओपनिङ सेरेमनीमा अलेजान्द्रो फर्नान्डेज, डैनी ओशन र जे बल्विन लगायतका कलाकारहरू देखिनेछन् ।
विश्वकपमा सांगीतिक जादु छर्न सिपालु गायिका शकिराले पनि आफ्नो पुनरागमन घोषणा गरेकी छन् । उनले यस प्रतियोगिताका लागि नाइजेरियाली गायक बर्ना ब्वाईसँग मिलेर ‘दाई दाई’ नामक नयाँ गीत ल्याउने जानकारी दिएकी छन् ।
सन् २०१० को विश्वकपमा शकिराको ‘वाका वाका’ गीत निकै चर्चित भएको थियो । फिफा विश्वकप २०२६ को मुख्य प्रतियोगिता ११ जुनदेखि १९ जुलाईसम्म सञ्चालन हुनेछ । कुल १०४ खेल हुने यस प्रतियोगिताको पहिलो खेल मेक्सिको सिटीमा र फाइनल खेल न्यु जर्सी क्षेत्रमा आयोजना हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
‘परालको आगो’ अगाडि बढ्यो

‘परालको आगो’ अगाडि बढ्यो