नेभिगेशन
राजनीति

पूर्वगृहमन्त्री गुरुङमाथि छानबिन गर्न समिति

काठमाडौं । सरकारले सुधन गुरुङ गृहमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका सवालमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहनेगरी समिति गठन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार उक्त समितिलाई गोरखा–१ का रास्वपा सांसद गुरुङका सम्बन्धमा सार्वजनिक रुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानविन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्