नेभिगेशन
अर्थतन्त्र

सहकारी पीडितले फिर्ता पाए वचत

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना वचतकर्ताको रकम फिर्ता गरेको छ । 
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना वचतकर्ताको वचत फिर्ता गरेको हो । समितिका अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।
यसअघि समितिले कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना गरी ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो । 
समितिका अनुसार पहिलो चरणमा थोरै वचत रकम भएका वचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमशः वचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने जनाइएको छ । 
समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार वचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ वचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना वचतकर्ता रहेका छन् । 
पाँच लाखभन्दा कम रकम वचतकर्तालाई साना वचतकर्ता र पाँच लाखभन्दा बढी रकम वचतकर्तालाई ठुला वचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । कूल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी वचत गर्ने जम्मा १८ हजार रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्