नेभिगेशन
अर्थतन्त्र

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ३ अर्ब ८९ करोडमाथि

काठमाडौं । सेयर बजार फेरि ओरालो लागेको छ। साताको चौथो सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक १२।३६ अंकले घटेर २७४२।११ विन्दुमा पुगेको हो।
अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३० अंकले वृद्धि भएको थियो। परिसूचक घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ।
यसदिन ३४८ वटा स्क्रिप्सको  ८९ लाख ५५ हजार  ५४५ कित्ता सेयर ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ३ अर्ब ८२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये ७२ वटा स्टक्सको मूल्य बढ्दा १८८ वटाको घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। अपर लोहोर खोला हाइड्रोपावरको सेयर सर्वाधिक १४।९५ अंकले घट्यो।
आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीले १७ करोड मूल्य बराबरको सेयर कारो गर्यो। रिडी पावरले १५ करोडको कारोबार गर्दा बुंगल हाइड्रो र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १३र१३ करोडको कारोबार गरे। फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीयले ११ करोडको सेयर कारोबार गरे। म्युचुअल फण्डबाहेक अरू समूहको उपसूचक नकारात्मक देखिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्