नेभिगेशन
राजनीति

सभामुख अर्यालको भूमिका निष्पक्ष नरहेको विपक्षीको टिप्पणी

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेपाली काँग्रेससहितका विपक्ष दलका सांसदहरुले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको भुमिका निष्पक्ष नरहेको टिप्पणी गरेका छन् ।
आईतवार काठमाडौंमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद गीतकुमार सेन्दाङ, नेकपा ९एमाले० की सांसद साजिका सिद्धिका खातुन, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद पार्वती विकले उक्त टिप्पणी गरेका हुन् । नेपाली काँग्रेसकी सांसद सेन्दाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थिति गराउनका लागि रुलिङ समेत गर्न नसकेको भन्दै सभामुख अर्यालप्रति असन्तुष्टि व्यक्त गरिन् । उनले सभामुख अर्याल संसदमा निरिह देखिएको जिकिर पनि गरिन् ।
एमालेकी सांसद साजिदा सिद्धिकी खातुनले सभामुख अर्यालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वकालत गरेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले सभामुखको भूमिका निष्पक्ष नभएको गुनासो पनि गरिन् । प्रधानमन्त्री, मन्त्री, सभामुख, उपसभामुखलगायतको भुमिका निष्पक्ष हुनुपर्नेमा त्यसो हुन नसकेको सांसद खातुनको जिकिर थियो ।
सभामुख अर्याल संसदप्रति जवाफदेही नभएको नेकपाकी सांसद पार्वती विश्वकर्माले आरोप लगाइन् । उनले संसदमा महिलाहरुको संख्या अझै बढाउने विषयमा लागि रहने प्रतिवद्धता समेत व्यक्त गरिन् । जनसंख्याको आधारमा सदन लगायत राज्यका सबै निकायमा महिलाहरुको प्रतिनिधित्व हुनुपर्ने सांसद विश्वकर्माको भनाई थियो ।
सांसद विश्वकर्माले सरकारले देश र जनताको हित विपरित कुनैपनि खालको गतिविधि गरे सह्य नहुने चेतावनी समेत दिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्