नेभिगेशन
राजनीति

तरुण दलको अध्यक्षमा कोइराला

काठमाडौं । कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त भएका छन् । कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम काठमाडौंका कोइरालालाई आइतबार अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।  गत वैशाख २१ को पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार सभापति थापाले कोइरालालाई अध्यक्षमा नियुक्त गरेको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 
म्याद समाप्त भई कार्यसमिति स्वतः विघटन भएपछि तरुण दलको अध्यक्ष पद रिक्त थियो । नवनियुक्त अध्यक्ष कोइरालालाई तोकिएको समयभित्रै तरुण दलको महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ । यसका लागि पार्टीले ९ बुँदे स्पष्ट कार्यादेश र कार्यविवरण समेत उपलब्ध गराएको छ । लामो समयदेखि तदर्थ समितिको भरमा चल्दै आएको तरुण दलले नयाँ नेतृत्व पाएसँगै अब महाधिवेशनको प्रक्रिया अघि बढ्ने अपेक्षा पार्टीले गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्