नेभिगेशन
अर्थतन्त्र

‘एथर’ अब बिर्तामोडमा

झापा । नेपालको अग्रणी प्रिमियम विद्युतीय स्कुटर ब्रान्ड ‘एथर नेपाल’ले बिर्तामोडमा शोरुम स्थापना गरेको छ । नयाँ केन्द्रको उद्घाटनसँगै एथरले देशभर विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्ने अभियानलाई थप सशक्त बनाएको जनाएको छ ।
बिर्तामोडस्थित नयाँ अनुभव केन्द्रको औपचारिक उद्घाटन आइतबार भूर्तेल इनर्जी प्रालिको डिलर व्यवस्थापनअन्तर्गत सम्पन्न भएको हो । कम्पनीका अनुसार यो विस्तार आधुनिक, स्मार्ट, उच्च क्षमता भएका तथा दिगो यातायात समाधान ग्राहकसम्म पु¥याउने योजनाको महत्वपूर्ण चरण हो ।
नयाँ केन्द्र सञ्चालनमा आएसँगै एथर नेपालका देशभर ११ वटा अनुभव केन्द्र पुगेका छन् । काठमाडौं उपत्यकाभित्र पाँचवटा केन्द्र सञ्चालनमा छन् भने पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र अब बिर्तामोडमा पनि कम्पनीको उपस्थिति विस्तार भएको छ । ग्राहकलाई सहज बिक्रीपछिको सेवा उपलब्ध गराउन देशभर १० वटा आधिकारिक सेवा केन्द्र सञ्चालनमा छन् ।
कम्पनीले दुईपांग्रे विद्युतीय सवारी क्षेत्रमा आठ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी सुविधा प्रदान गर्दै आएको जनाएको छ । नयाँ अनुभव केन्द्रमा एथरका सम्पूर्ण स्कुटर मोडल उपलब्ध हुनेछन् । यसअन्तर्गत उच्च कार्यक्षमतामा केन्द्रित ‘एथर ४५०’ शृंखला तथा पारिवारिक प्रयोगलाई लक्षित ‘एथर रिज्टा’ समावेश छन् ।
‘एथर ४५०’ शृंखला उच्च क्षमता, स्मार्ट प्रविधि तथा उत्कृष्ट सवारी अनुभव खोज्ने ग्राहकलाई लक्षित गरी निर्माण गरिएको कम्पनीको भनाइ छ । यसमा शक्तिशाली गति क्षमता, नक्सा आधारित मार्ग निर्देशन, स्वतः रोकिने सुविधा, दुर्घटना सुरक्षा प्रणाली, पछाडि फर्किने सुविधा, विभिन्न सवारी मोड तथा छोएर सञ्चालन हुने डिजिटल ड्यासबोर्डजस्ता सुविधा छन् ।
एथर नेपालले देशभर तीव्र गतिमा चार्ज गर्न मिल्ने संरचना विस्तार गरिरहेको जनाएको छ । हाल देशभर ४० भन्दा बढी तीव्र चार्जिङ केन्द्र सञ्चालनमा छन् । प्रदेश १ मा बढ्दो ग्राहक समुदायलाई लक्षित गर्दै कम्पनीले बिर्तामोडस्थित ‘थ्री डिग्री क्याफे’, धरानस्थित ‘सीएसई अफिस अटोमेसन’ तथा इटहरीको खेती खोलास्थित एथर अनुभव केन्द्रमा तीव्र चार्जिङ सेवा उपलब्ध गराएको छ । आगामी दिनमा थप चार्जिङ केन्द्र विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्