नेभिगेशन
अर्थतन्त्र

क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव ढंगोललाई क्यानको महानिर्देर्शक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सास्मित पोखरेलले मन्त्रिपरिषद्ले डंगोललाई क्यानको महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए । प्रशासन सेवाअन्तर्गतका सहसचिव डंगोल हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत थिए । प्रदिप अधिकारीलाई भ्रष्ट्रचार मुद्दा लागेपछि रिक्त रहेको पदमा डंगोललाई ल्याइएको हो ।
खुला प्रतिस्पर्धाबाट निजामती सेवामा प्रवेश गरेका डंगोलले सुरुआती चरणमा एअर ट्राफिक कन्ट्रोल (एटीसी) अधिकृतका रूपमा काम गरेका थिए । गत वर्ष सहसचिवमा बढुवा भएपछि उनी प्रशासनतर्फ सरुवा भएका थिए ।
वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएपछि तत्कालीन नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछाने निलम्बनमा परेपछि डंगोललाई नागरिक उड्डयन महाशाखाको नेतृत्वको जिम्मेवारी दिइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र