नेभिगेशन
प्रवास

नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुतिको प्रशंसा

नेपाली कपडा तथा परम्परागत गहनाहरुको प्रदर्शनी ‘माउन्टेन्स टु द मेट’ हालै सम्पन्न भएको छ । हङकङमा आयोजित सो प्रदर्शनीमा नेपालकी सोन्या गुरुङले नेपाली कपडा तथा परम्परागत गहनाहरुको धाँसु प्रदर्शन गरी प्रशंसा कमाएकी छन् ।
यो परियोजनामा फेशन प्रदर्शन मात्र गरिएको थिएन, सँगैमा दृश्य कथावाचन पनि गरिएको थियो । ती कथावाचन अन्तर्राष्ट्रिय मोडलहरुलाई सहभागी गराउँदै प्रस्तुत गरिँदा दर्शक तथा अवलोकनकर्ताले रुचाएको सोन्याले बताइन् ।
सृजनात्मक फेसन कथावाचनका लागि परिचित सोन्या गुरुङले दशकौंदेखि फेसन शो, सांस्कृतिक प्रस्तुति तथा विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएकी छन् । उनका फेसन कार्यक्रमहरू परम्परागत रनवेभन्दा फरक शैली, सृजनात्मक कोरियोग्राफी र कला–संस्कृतिको संयोजनका कारण परिचित छन् ।
लोकप्रिय अनुहारभन्दा प्रतिभालाई प्राथमिकता दिने गुरुङको सो परियोजनालाई नेपाल पर्यटन बोर्ड पर्यटन प्रवर्धन साझेदार तथा नेपाल एयरलाइन्स एयरलाइन साझेदार थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्