नेभिगेशन
अर्थतन्त्र

व्यक्तिगत आयकर छुटको सीमा १० लाख पुर्‍याइयो

काठमाडौँ । सरकारले व्यक्तिगत आयकरको छुट सीमा बढाएर १० लाख रुपैयाँ पुर्‍याएको छ ।
आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । यसअघि व्यक्तिगत आयकरको सीमा ५ लाख रुपैयाँसम्म कायम थियो ।
सरकारले काम गरेर आम्दानी गर्ने नागरिकलाई राहत दिने उद्देश्यसहित आयकरको दायरा फराकिलो बनाएको जनाएको छ ।
दक्षिण एशियामै पारिश्रमिक आयमा तिर्नुपर्ने कर उच्च रहेको चर्चा भइरहेका बेला सरकारले नयाँ बजेटमार्फत करको सीमा बढाएर कामकाजी वर्गलाई राहत दिने प्रयास गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्