नेभिगेशन
साहित्य

‘शेर्पा–हिमालका सच्चा साहसी’ सार्वजनिक

हिमाल आरोहणमा शेर्पा समुदायले पु-याएको योगदानमा आधारित पुस्तक ‘शेर्पा–हिमालका सच्चा साहसी’ पुस्तकको नेपाली संस्करण आज सार्वजनिक गरिएको छ । भारतीय लेखक उमेश झिरपेद्वारा लिखित पुस्तकमा शेर्पा समुदायको इतिहास र जीवनशैलीका विषयमा उल्लेख छ ।
त्यस अवसरमा पर्वतारोही एवं प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले शेर्पा समुदायले हिमाल आरोहणमा महŒवपूर्ण योगदान गरेर नेपाललाई विश्वभर चिनाएको बताए । उनले भने, ‘पुस्तकले हिमाल आरोहणको इतिहासमा शेर्पाहरूलाई केवल सहयोगी वा भारियाका रूपमा मात्र हेर्ने संकुचित दृष्टिकोणलाई चिर्दै उनीहरूको साहस, कोमल हृदय र समाजप्रतिको निष्ठालाई उजिल्याएको छ ।’
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाले इतिहासदेखि हिमालसँग जोडिएका शेर्पा समुदायले हिमालसँगै नेपाललाई विश्वभर चिनाएको बताए । उनले भने, ‘हिमालसँग जोडिएका शेर्पा समुदायले नेपालको पर्यटन प्रवर्धनमा महŒवपूर्ण योगदान गर्दै आएका छन् ।’
नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले कुनै पनि समुदायको विषय संवेदनशील हुने भएकाले इतिहास र तथ्यका आधार बनाउनुपर्नेमा जोड दिए ।
पुस्तक लेखक झिरपेले मराठी भाषामा चार वर्ष पहिले लेखिएको पुस्तकलाई अंग्रेजी र नेपाली भाषामा पनि प्रकाशन गरिएको बताए । उनले शेर्पा हिमालको ‘लाइफ लाइन’ भएको उल्लेख गर्दै पर्वतारोहणमा उनीहरूको योगदान सराहनीय भएको उल्लेख गरे । 
पुस्तकका अनुवादक एवं सम्पादक पत्रकार कुम्भराज राईले हिमाल र शेर्पा एकअर्काका पर्याय भएको उल्लेख गर्दै पर्यटन प्रवर्धन र हिमाल आरोहणमार्फत शेर्पा समुदायले नेपाललाई विश्वभर चिनाएको बताए । पुस्तकमा हिमाल आरोहणमा अग्रणी भूमिका निर्वाह गर्ने वाङ्छु, सोनाम, लाक्पा नोर्बु, कामीरिता, माया, सांगे, लाक्पा फुटी, पासाङकामी, पेम्बा ग्याल्जेन, लाम्पा सोनाम, फिन्जु र पासाङ शेर्पाका बारेमा लेखिएको छ । 
यसैगरी वर्तमान युगमा शेर्पा समुदायप्रतिको वैश्विक दृष्टिकोण र पर्वतारोहण, उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक एवं वातावरणीय दृष्टिकोणबारे पुस्तकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्